Logo
२१ कार्तिक २०८१, बुधबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सामा पखाला लागेर ज्यान गुमाएकी युवतीमा कोरोना पुष्टि

 

प्रदेश नं २ स्थित पर्सामा सोमबार मृत्यु भएकी युवतीलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

पखाला लागेर सिकिस्त भएकी पर्सा, पोखरीया ८ की १८ वर्षीया ती युवतीलाई उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल शिक्षण अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै सोमबार दिउँसो मृत्यु भएको थियो ।

मङ्गलबार राति आएको रिपोर्टमा किशोरीमा कोरोना देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा मदन कुमार उपाध्यायले बताए ।

मृत्युपछि शिक्षण अस्पतालमै उनको स्वाब संकलन गरी जाँच गर्दा कोरोना संक्रमण रहेको नारायणी अस्पताल स्रोतले जनाएको छ ।

पर्सामा सोमबार मृत्यु भएकी ती युवतीसमेत मृतकको संख्या १३ पुगेको छ । प्रदेश २ मा कुल मृतकको संख्या २० पुगेको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ ।

 

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्