Logo
५ आश्विन २०८१, शनिबार
(August 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डसँग छलफल सकेर ओली बालकोटस्थित निजी निवासमा

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल सकेर भक्तपुरस्थित आफ्नो निजी निवास बालकोट पुगेका छन् ।

सोमवार बिहान प्रचण्ड र झलनाथ खनालसँग छलफल गरेपछि ओली साढे ११ बजे बालकोट पुगेका हुन् ।

२०७४ फागुनमा प्रधानमन्त्री निर्वाचित भएर बालुवाटारस्थित सरकारी निवासमा सरेपछि ओली बिरलै मात्र बालकोट पुग्ने गरेका थिए ।

मन्त्री पदमा रहुञ्जेल बालकोटस्थित ओलीको निवासमा तत्कालीन सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा बस्ने गरेका थिए ।

प्रधानमन्त्री ओलीका सहयोगीहरूले निजी निवासमा गएको बताएपनि किन भन्ने खुलाएनन् ।

‘प्रधानमन्त्रीज्यू, आफ्नो निवासमा जानका लागि कुनै कार्यक्रम आवश्यक पर्दैन,’ उनका एक सहयोगीले भने ।

ओली निजी निवासमा पुगेपछि नेकपाका कार्यकर्ताहरू बालकोट पुगेका छन् ।

मृगौला प्रत्यारोपण गरेपछि राष्ट्रपति कार्यालय, संसद् भवन र सिंहदरबारबाहेक अन्यत्र नगएका ओली गत मंगलवार उपाध्यक्ष वामदेव गौतमको भैँसेपाटीस्थित निवासमा पुगेका थिए ।

प्रकाशित मिति: Aug 3, 2020

प्रतिक्रिया दिनुहोस्