Logo
५ आश्विन २०८१, शनिबार
(August 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली–प्रचण्डबीचको वार्ता आज पनि विफल, दुवैजना अडानबाट पछि हटेनन्

सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का दुई अध्यक्षबिचको सोमबारको वार्ताले पनि सहमति निकाल्न सकेन ।

आइतबारको बैठक सकारात्मक भएको दाबी गरिए पनि सोमबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वार्तामा कुनै सहमति नभएको नेकपा स्रोतले बताएको छ ।

ओलीले सबै विवाद केन्द्रीय सचिवालयलबाट मिलाएर मात्रै स्थायी कमिटिमा जान प्रस्ताव गरेको स्रोतले बताएको छ । तर अर्का अध्यक्ष प्रचण्ड र नेता झलनाथ खनालले भने सचिवालयमा जानु अघि विवाद टुंग्याउनु पर्ने अडान रोखे ।

उनीहरुले स्थायी कमिटि हाल स्थगित भएको अवस्थामा त्यहाँ पनि ठोस प्रस्ताव लैजानु पर्ने बताएको स्रोतले जनाकारी दिएको छ । त्यसपछि ठोस निर्णय नगरी वार्ता सकिएको हो ।

नेता बामदेव गौतम आफ्नो खेमामा आएपछि ओली आफ्नो पक्षमा बहुमत देखिएको विश्लेषणसहित सचिवलाय हुँदै स्थायी कमिटिमा जाने तयारीमा देखिएका हुन् । तर प्रचण्ड पक्षले भने सचिवालय अघि नै शीर्ष तहमा सहमति बन्नु पर्ने अडानमा छ ।

प्रकाशित मिति: Aug 3, 2020

प्रतिक्रिया दिनुहोस्