Logo
५ आश्विन २०८१, शनिबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिदेशीहरु नेपाललाई सिक्किमीकरण गर्न लागीरहेका छनः चित्र बहादुर केसी

पूर्व उपप्रधान मन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशी बिदेशी शक्तिहरु नेपाललाई सिक्किमीकरण गर्ने तर्फ लागीरहेको आरोप लगाउनु भएको छ ।

आज संवाद क्लव नेपालले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै नेता केसीले संघीयता नेपालमा सफल नहुने बताउनु भएको हो ।

उहाँले भन्नु भयो , “ बिदेशीले नेपालका राजनीतिक दल र तिनका नेताहरुलाई खेलाईरहेका छन । नेपालमा जति बेला संघीयता सफल हुन्छ , जुन बेला सार्वभौम सत्ता समाप्त हुन्छ । बिदेशीहरु नेपाललाई सिक्किमीकरण गर्ने तर्फ लागीरहेका छन । बिदेशीहरुले नेपाललाई क्रिडा स्थल बनाउन खोजीहरेका छन । ब्यवस्था खराव होईन, ब्यवस्थाको संचालन गर्ने पात्रहरु खराव भए ।

शासकहरुले ठिकसंग शासन गर्न सकेका छैनन् । गणतन्त्रको नाम लिएर ,समाजवादको नाम लिएर साम्यवादको कुरा लिएर उनिहरुले जनतालाई भ्रममा पारिरहेका छन । सत्तामा बस्नेहरु आफनो स्वार्थ बाहेक अरु केही हेर्न सकेका छैनन् । उनीहरु सत्तामा बसिरहन चाहान्छन ।”

नेता केसीले ठूला दलहरुले राजनीतिलाई ब्यापार बनाएको गुनासो पोखनु भयो ।

उहाँले भन्नु भयो ,“ राजनीति भनेको समाज सेवा हो , तर ठूला दलका नेताहरुले राजनीतिलाई ब्यापार बनाए ,जसको कारण देश उभो लाग्न सकेन, नेता मात्र उभो लागे । हिजो थोत्रा चप्पल लगाउनेहरुले ठूला ठूला महल बनाए । मैले देखिरहेको छु । राजनीतिको नाममा लुटपात भईरहेको छ । राजनीति भनेको देश र जनताका लागी गर्ने हो । राजनीति ब्यापार होईन भु माफिया तस्करहरुको घेरामा छन ठूला दलका नेताहरु । भाग बण्डाको राजनीति भएको छ । ”

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्