Logo
५ आश्विन २०८१, शनिबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूमि आयोगलाई काम अगाडी बढाउन मन्त्री अर्यालको निर्देशन

 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी छलफल गर्नुभएको छ ।

आयोग पदाधिकारी तथा केही सांसदहरुसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगलाई छिटो काम अगाडी बढाउन निर्देशन दिनुभएको छ । आइतवार ललितपुरमा गरिएको छलफलमा मन्त्री अर्यालले आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका बारेमा जानकारी लिनुभएको थियो ।

आयोगको कामको अवस्थाका बारेमा जानकारी लिएपछि कार्यक्रममा बोल्दै मन्त्री अर्यालले छिटोभन्दा छिटो काम अगाडी बढाउन आयोगका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो । ‘जुन उद्देश्यका साथ आयोग गठन भएको हो । त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडी बढाउनुस’, मन्त्री अर्यालले भन्नुभयो, ‘यो काम छिटो अगाडी बढाउनुपर्छ । तपाईहरु त्यसका लाग्नुस ।’

मन्त्री अर्यालले आयोगले आयोगले समयमै आफ्नो काम सम्पन्न गर्नेगरी अगाडी बढ्नुपर्ने समेत बताउनुभयो । देशभरका भूमिहिन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उहाँले यो महत्वपुर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा बोल्दै भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले सबै मिलेर भूमिहिन, सुकुम्बासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्