Logo
२१ कार्तिक २०८१, बुधबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटन बोर्ड आम्दानी विहिन, ४३ जना करारका कर्मचारी कटौती

कोरोना भाइरसका कारण गत चैतदेखि कमाईबिहिन बनेको नेपाल पर्यटन बोर्डले करारमा नियुक्त कर्मचारी कटौती गरेको छ । बोर्डमा सरसफाइ र भान्सामा काम गर्ने केही कर्मचारीबाहेक ४३ जना करारका कर्मचारी बोर्डले कटौती गरेको हो ।

त्रिभुवन विमानस्थलबाट विदेशी जाने प्रत्येक हवाई यात्रुबाट नेपाल पर्यटन बोर्डले एक हजार रुपैयाँ उठाउने गरेको थियो । कोरोना भाइरसबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण बोर्डले उठाउने गरेको उक्त रकम गुम्न पुग्यो । यसबाट उठेको रकम नै बोर्डको मुख्य आम्दानी हो ।

बोर्डलाई सरकारले छुट्टै रकम दिँदैन ।यसबाहेक पदयात्रामा जाने पर्यटकलाई दिइने टीम्सकार्ड बिक्री समेत बोर्डको आम्दानीको स्रोत हो । पर्यटक आगमन बन्द भएपछि अहिले बोर्ड आम्दानीविहीन बनेको छ ।

आम्दानी घटेसँगै कामको चाप नहुँदा करारका कर्मचारी नवीकरण गर्न असमर्थ रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनञ्जय रेग्मीले बताए ।

 

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्