Logo
५ आश्विन २०८१, शनिबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली–प्रचण्ड भेटवार्ता : संवादहिनता तोडियो तर सहमती जुटेन !

पछिल्लो समय नेकपाका भित्र विवाद चर्किरहेको बेला दुई अध्यक्षबिच आज भएको छलफलले संवादहिनता तोडेको छ भने सहमती भने जुट्न सकेन् ।

(नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भएको छलफल झन्डै तीन घण्टा चलेको छ ।

अध्यक्षद्वयको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी थिए। छलफल कुनै निष्कर्षमा भने नपुगेको बताइएको छ। ‘छलफलको सुरुवात भयो’, एक नेताले भने, ‘कुनै निष्कर्ष निस्किएको छैन। छलफलको सुरुवात भनेर बुझौं न।’

गत साउन १३ गते बोलाइएको बैठक निकै तिक्त बनेको थियो। ओलीले एकलौटी बैठक स्थगित गरिदिएपछि प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेताहरुको बेग्लै बैठक बसेको थियो। बालुवाटारमै बसेको बैठकमा २९ स्थायी कमिटी सदस्य र दुई आमन्त्रित सदस्य उपस्थित रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।

बहुमत सदस्यको सोही बैठकले ओलीसँग छलफल गरेर छिटो बैठक राख्ने पहलकदमी गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो। ‘यस बिषम परिस्थितिमा पार्टीको एकता र विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गर्‍यो’, बैठकपछि प्रवक्ता श्रेष्ठले पत्रकारहरुलाई भनेका थिए।

बहुमत सदस्यको बैठकअघि पनि प्रचण्ड र खनाल ओलीलाई बैठकमा उपस्थितिको लागि अनुरोध गर्न गएका थिए। तर, ओलीले अस्वीकार गरेका थिए।

गत असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको छ।

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्