Logo
५ आश्विन २०८१, शनिबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख र सचिवालयका कर्मचारीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

सभामुख अग्निप्रसाद सापकोटा, उनको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालबाट गएराति अबेर प्राप्त रिपोर्ट सबैको नेगेटिभ रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्