विराटनगरमा राती १२ बजेपछि फेरी लकडाउन गर्ने निर्णय
विराटनगरमा शनिबारदेखि लागु हुने गरी २ हप्ताको लागि पुःन लकडाउन हुने भएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस समुदाय स्तरमै बढ्दै गएकोले नगरस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि आज राती १२ बजेपछि लकडाउन गर्ने निर्णय गरेको हो ।