अबको १२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिनपछि सार्वजनिक प्रयोगमा ल्याइने
अबको १२ दिनभित्र कोरोना भाइरसविरुद्धको खोप तयार हुने भएको छ । रुसमा निर्मित खोप १२ अगष्टमा अनुमोदित भई प्रयोगमा आउने भएको छ ।
ब्लुमबर्गको रिपोर्टका अनुसार मस्कोको गेमेलिया रिसर्च इन्स्टिच्युट अफ इपिडिमिलोजी एन्ड माइक्रोबायोलोजीले खोपको विकास गरेको हो ।
रिपोर्टमा औषधीले स्वीकृति पाएको तीन देखि सात दिनमा पब्लिकको प्रयोगमा ल्याइने जनाइएको छ । भ्याक्सिनले दोस्रो चरणको परीक्षण पुरा गरिसकेको छ ।
सामान्यतया तेस्रो चरणको परीक्षण पुरा गरेपछि मात्र प्रयोगमा ल्याइन्छ ।