बामदेवले पार्टीलाई फुटको संघारबाट जोगाएको भन्दै ओलीद्वारा प्रशंशा
अहिले बर्तमान समयका नेकपा भित्र विवाद चर्की रहेको अवस्थामा प्रधानमन्त्री ओलीले बामदेव गौतमले पार्टीको फुटको संघारबाट जोगाएको भन्दै खुलेर प्रशंशा गरेका छन् ।
बालुवाटारमा निकटस्थसँगको छलफलमा ओलीले गौतमले उचित समयमा आफूलाई सहयोग गर्दै आएको समेत खुलाए ।
हिजो पारिवारसहित डिनरमा भैंसेपाटीस्थित बामदेव निवासमा पुगेका ओलीले गम्भीर छलफल गरेको बुझिएको छ । उनले गौतमलाई केही महत्वपूर्ण प्रस्ताव गरेको समेत बुझिएको छ ।
ओलीको राजीनामा माग्दै आएको प्रचण्ड र माधवकुमार नेपाल समुहबाट टाढिएर गौतमले पार्टी फुटबाट जोगाउने भन्दै हिजो छ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए ।
जसमा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट नहटाउने बुँदा प्राथमिकतामा राखिएको छ । लगत्तै ओली उत्साही भई गौतमलाई भेट्न निवासमै पुगेका थिए
जसमा राष्ट्रियसभा सदस्य बनाएर सरकारमा दोस्रो वरियतामा लाने विषय समेत रहेको स्रोतले जानकारी दिएको छ ।
गौतमले आफू सरकारमा अहिले जानेभन्दा पनि भविष्यमा नेतृत्व गर्नेगरी बढ्न खोजेको र त्यसका लागि सहयोगको अपेक्षा गरेको जवाफ दिएका थिए ।
उनले अब गौतमलाई आफूले पनि सक्दो सहयोग गर्ने बचन दिएको जानकारी दिए । राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित गर्ने एक सदस्य खाली छ ।
जसमा बामदेवको चर्चा चल्दै आएको छ । उनलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने भन्दै विगतमा पनि ओलीले पार्टी सचिवालयमा प्रस्ताव गरेका थिए ।