Logo
२१ कार्तिक २०८१, बुधबार
(July 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड ओलीको राजीनामाबाट ब्याक भएपनि माधव नेपाल ब्याक नहुने अडान

अहिलेको बर्तमान समयमा नेकपाभित्र आन्तरिक विवाद चर्कीरहेको अवस्थामा पार्टीको विवादको सहमति जुटाउन प्रचण्ड ओलीको राजीनामाबाट ब्याक भएपनि माधव नेपाल ब्याक नहुने बुझिएको छ ।

पार्टी बैठकबाट नै ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्नुपर्ने पक्षमा माधव नेपाल रहेका छन् । तर, प्रचण्डले सकेसम्म सहमतिबाट अगाडि बढ्ने भन्दै संयमता अपनाउन भनेबाट निर्णय रोकिएको छ ।

यसरी प्रचण्ड ओलीको राजीनामाबाट ब्याक भएपनि माधव नेपाल ब्याक नहुने गरी अडानका साथ बस्ने रणनीति बनाएको बुझिएको छ ।

माधव नेपाल भने सचिवालयका अन्य नेताहरु ओलीको राजीनामा नमाग्ने पक्षमा उभिएपनि आफू सशक्त रुपमा प्रस्तुत हुने पक्षमा पगेका छन् ।

ओलीको राजीनामा मागिरहेको समुहबाट बामदेवको फरक धारणा आएको छ । अब राजीनामाको पक्षमा सचिवालयका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ मात्र बाँकी रहेका छन् । राजीनामाको विपक्षमा सचिवालयमा पल्लाभारी भएको छ ।

ओलीले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको सम्पूर्ण काम गर्ने गरी प्रस्ताव पठाउँदै आएका छन् । त्यसका लागि राजीनामाको मागबाट पछि हट्नुपर्नेछ ।

एकपटक प्रचण्ड यसमा लचिलो पनि भएका थिए । तर, फेरि धारणा बदले । यसमा मुख्य कारण माधव नेपाल थिए ।

माधव नेपाल भने सचिवालयका अन्य नेताहरु ओलीको राजीनामा नमाग्ने पक्षमा उभिएपनि आफू सशक्त रुपमा प्रस्तुत हुने पक्षमा पगेका छन् ।

उनी निकट स्रोतका अनुसार ओलीको सरकारबाट बर्किगमनको एजेन्डाबाट माधव नेपाल टसमस हुनेछैनन् ।

कम्युनिस्ट पार्टीभित्र सहमति निर्माणका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् ।

उनी हिजो साँझ आफै उपाध्यक्ष बामदेव गौतमको निवास पुगेर डिनरसहितको छलफल गरे । गौतमले नेकपामा सहमतिका लागि छ बुँदे प्रस्ताव अगाडि सारेपछि उत्साही भएका ओलीले त्यसमा सहमतिको सन्देश पनि दिएका छन् ।

उनले सहमतिका लागि आफू लचिलो बन्न तयार भएको भन्दै गौतमलाई एकतावद्ध भएर बढ्ने माहोल तयार गर्न समेत भनेको बुझिएको छ ।

प्रकाशित मिति: Jul 29, 2020

प्रतिक्रिया दिनुहोस्