Logo
५ आश्विन २०८१, शनिबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीमा कोरोना महामारी, संक्रमितको संख्या १ सय ८४ पुग्यो

नेपाल प्रहरीमा कोरोना महामारीका रुपमा देखिएको छ ।

नक्सालस्थित प्रहरी प्रधान कार्यरत थप २३ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता निरजबहादुर शाहीले सुरुमा संक्रमण देखिएका ४ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

पछिल्लोपटक संक्रमितहरु प्रहरी प्रधान कार्यालयमा कार्यरत चालक, मेकानिक्स र मेसमा कार्यरतहरु रहेको जनाइएको छ। यसअघि सोमबार स्याङ्जामा जिल्ला प्रमुखसहित १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

अहिलेसम्म १८४ जना प्रहरीहरु संक्रमित भइसकेको र त्योमध्ये ९९ जना डिस्चार्ज भइसकेको प्रहरी प्रवक्ता शाहीले जानकारी दिए।

प्रकाशित मिति: Jul 28, 2020

प्रतिक्रिया दिनुहोस्