‘पार्टी बहुमतका आधारमा होईन सहमति गरेर अगाडि बढाउन चाहन्छौं’
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समितिको बैठक बहुमतका आधारमा नभई सहमतिका आधारमा अगाडि बढ्न चाहेको बताएका छन् ।
बालुवाटारमा मंगलबार भएको अध्यक्ष केपी शर्मा ओलीइतरका बहुमत स्थायी कमिटी सदस्यको बैठकमा पत्रकारहरुसँगको कुराकानी प्रवत्ता श्रेष्ठले सो कुरा बताएका हुन् ।
सोही क्रममा श्रेष्ठले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति गर्ने जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको बताए।
यस विषम् परिीस्थतिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ’, प्रवक्ता श्रेष्ठले भने।
उनले आजको स्थायी समितिको बैठकको मिति र समय यसअघिकै बैठकले निर्धारण गरेको भन्दै बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विधिविपरीत बैठक स्थगित गरेको भन्दै स्थायी समिति बैठकले त्यसलाई अनुचित ठहर गरेको उनले बताए।
उनले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष ओलीलाई बैठकमा आउन आग्रह गरे पनि ओली अस्वीकार गरेको बताए।