नेकपा स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र आन्तरिक बिवादको कारण पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
पार्टीको प्रचण्ड-नेपाल समूहले बैठक अघि बढाउने बताए पनि स्थायी कमिटि बैठक अनिश्चितकालका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटमार्फत जानकारी दिएका हुन्।
आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक फेरि स्थगित भएको हो ।पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।
पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो ।