स्थायी कमिटि बैठक नरोकिने प्रचण्ड-नेपाल समूहको निष्कर्ष
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड -माधव नेपाल पक्षले स्थायी कमिटी बैठक नरोकिने निष्कर्ष निकालेका छन् । ।
आज प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्ड नेपाल पक्षले निरन्तर स्थगित भएको स्थायी कमिटि बैठकमा नियमित एजेण्डा फर्काउनुपर्ने निष्कर्ष निकालेको हो ।
१० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा पार्टी भित्रको विवादका कारण प्रभावित भैरहेको छ ।