Logo
५ आश्विन २०८१, शनिबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरिता गिरीको ठाउँमा लिला सिटौला प्रतिनिधि सभा सदस्यमा निर्वाचित

जनता समाजवादी पार्टीको सिफारिसमा लिला सिटौलालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचन आयोगले निर्वाचित घोषणा गरेको छ ।

पार्टीकी सांसद सरिता गिरीलाई ह्विप उल्लंघन गरेको भन्दै निस्काशन गरिएपछि रिक्त गरेको समानुपातिक तर्फ खस-आर्य समूहमा सिटौलालाई पार्टीले सांसद चयन गरेको हो ।

नयाँ नक्सा संशोधनको पक्षमा पार्टीले मतदान गर्न दिएको निर्देशनको अवज्ञा गरेको भन्दै गिरीलाई पार्टीले कारबाही गरेको थियो । गिरीले आफूमाथि गरिएको कारबाही असंवैधानिक भन्दै सांसद पद खारेज नगर्न माग गर्दै सर्वोच्चमा अन्तरिम आदेश माग गरेकी थिइन् । आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले सिटौला सांसद निर्वाचित भएको बताए । उनलाई सपथ खुवाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्