Logo
१८ पुस २०८१, बिहीबार
(July 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा दलित समुदायमाथि भएको हिंसाको विरोधमा दलितहरुले गरे अर्धनग्न प्रदर्शन

प्रदेश नं २ स्थित जनकपुरधाम-दलित समुदायमाथि भएको हिंसाको विरोधमा आइतबार प्रदेश नं २ का आठवटै जिल्लाको सदरमुकाममा दलितरुले अर्धनग्न जुलुश प्रदर्शन गरेका छन्।

राज्यले दलितहरुसंग विभेदपूर्ण व्यवहार गर्दै ज्यान समेत लिएको आरोप लगाउदै जनकपुरधाममा लुगा फुकालेर अर्धनग्न रुपमा नगर परिक्रमा गरेका छन्।

चन्देश्वर दासको संयोजकत्वमा समयुक्त दलित संघर्ष समितिको ब्यानेर प्रयोग गरेर जनकपुरधामको जनकचोकदेखि सुरु भएको अर्धनग्न जुलूस जनकपुरधामको प्रमुख चौकहरु शिव चोक, भानुचोक, कदम चोक हुंदै जिल्ला प्रशाशन कार्यालय अगाडि पुगेर चर्को नाराबाजी गरेका थिए ।

पछिलो समय धनुषामा मात्र मुसहर समुदायका सम्भु सदा र ऊपचार नगरेकै कारण डाक्टरको लापरवाहीले राजु सदाको हत्या गरेर हत्यारालाई उन्मुक्ति दिन खोजेको आरोप दलित अगुवा चन्देश्वर सदाले लगाए।

प्रदेश सरकारले दलितको विषयमा मौन रहेको जिकिर गर्दै मृत्यु प्रतिवेदन समेत सार्वजनिक नगरेको प्रदेशसरकारलाई यस सम्बन्धमा जबाब दिन माग गरे।

आज अर्धनग्न भएर प्रदर्शन गरेका तिनीहरुले साउन १३ गते थाल जुजुल, १५ गते मृदंग जुलूस र १८ गतेदेखि अनिश्चित कालीन रिले अनशन (जिल्ला प्रशाशन कार्यालय अगाडि) दिने स्पस्ट पारेका छन्।

अर्धनग्न प्रदर्शन गरेका दलित अगुवाहरुले विभिन्न समयमा दलितहरुको हत्या गरेका हत्याहरुलाई कारवाही न हुन्जेल सम्म आफूहरु यो आन्दोलन निरन्तर अगाडि बढाउने चेतावनी समेत दिएका छन ।

उपचार नपाएर मृत्यु भएको राजु सदाको सम्बन्धमा छानविन गर्न प्रदेश सरकारले छानविन समिति गठन गरेपनि अहिलेसम्म आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छैन्।

प्रकाशित मिति: Jul 26, 2020

प्रतिक्रिया दिनुहोस्