Logo
१४ मंसिर २०८१, शुक्रबार
(July 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभर कोरोनामुक्त हुनेको संख्या ९९ लाख ७ हजार नाघ्यो

विश्वभर अहिलेसम्म १ करोड ६१ लाख ८९ हजारभन्दा धेरै कोरोना संक्रमित मध्ये ९९ लाख ७ हजार २ सय ३२ जना उपचारपछि निको भएको वल्डोमिटरले जनाएको छ ।

वल्डोमिटरका अनुसार गएको २४ घण्टामा १ लाख ९० हजार ४ सय ४२ जना उपचारपछि निको भएका हुन् ।

अहिले उपचार गराइरहेका ५६ लाख ३४ हजारभन्दा धेरैमध्ये एक प्रतिशत अर्थात ६६ हजार जनाको अवस्था जटिल रहेको र बाँकी ५५ लाख ६८ हजारको अवस्था सामान्य रहेको छ ।

६ लाख ४७ हजार जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै विश्वभर साढे ६ हजारभन्दा धेरैको ज्यान गएको छ भने झण्डै २ लाख ८९ हजार जना नयाँ बिरामी थपिएका छन् ।

गएको २४ घण्टामा अमेरिकामा मात्रै झण्डै साढे ७८ हजार नयाँ बिरामी थपिएका छन् भने एक हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै ब्राजिलमा ५८ हजारभन्दा धेरै बिरामी थपिदा एक हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।यस्तै भारतमा साढे ४८ हजार बिरामी थपिएका छन्, ७ सय ६१ जनाको ज्यान गएको छ ।

भारतमा अहिलेसम्म सङ्क्रमितको संख्या १३ लाख ३७ हजार नाघेको छ भने ३१ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: Jul 26, 2020

प्रतिक्रिया दिनुहोस्