Logo
२१ कार्तिक २०८१, बुधबार
(July 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोइराला छुटेपछि सांसदहरुको गूनासो : अदालतबाट न्याय भन्दापनि अन्यायले प्रश्रय पायो

विराटनगर : शुक्रबारको प्रदेश १ को प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको विषयमा प्रश्न उठाएका छन् ।

आफ्नै श्रीमती गीता ढकालको हत्या गरेर फालेका कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासहितको इजलासले छुट दिएको कारण चारैतीरबाट प्रश्न उठ्न थालेको छ ।

अधिवेशनको अन्तिम बैठकको शून्य समयमा बोल्दै नेकपा प्रदेश सभा सदस्य अम्बिका थापाले श्रीमतीको क्रूरतापूर्वक हत्या गर्ने व्यक्ति जेलबाट मुक्त हुनुले न्यायप्रति प्रश्न उठेको बताइन् ।

थापाले भनिन्, ‘आफ्नै श्रीमतिको हत्या गर्ने र आफैं मृत्यु भएको भन्दैमा कोइरालाले छुटकारा पाउनु कहाँको न्याय हो ?’ प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासहितको इजलासले कोइरालालाई छुट दिनु आपत्तिजनक भएको थापाको गुनासो छ ।

त्यस्तै नेकपा धनकुटाकी सांसद कुसुम श्रेष्ठले हत्यारा कोइरालालाई छुटाउनका लागि गरिएको प्रपञ्च गलत भएको बताइन् । अदालतबाट न्याय भन्दापनि अन्यायले प्रश्रय पाउने गरि परिदृष्य थपिदै गएको उनले गुनासो गरिन् ।

८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेका कोईरालाले साढे ११ वर्ष कैद छुट पाएर बिहिबार जेलमुक्त भएका थिए ।

प्रकाशित मिति: Jul 24, 2020

प्रतिक्रिया दिनुहोस्