Logo
२१ कार्तिक २०८१, बुधबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व DIG कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध पुनरावलोकन हुने

श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावलोकनमा जाने भएको छ।

महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार बिहीबार नै पुनरावलोकनको निवेदन दर्ता हुने छ। दर्ता भएको निवेदनमाथी संयुक्त इजलासले पुनरावलोकनमा जानु पर्ने की नपर्ने भनी निर्णय गर्ने छ।

पुनरावलोकनमा जानुपर्ने भए फैसलाको पुनरावलोकन हुने छ। सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना मात्र कायम गरेपछि कोइराला उक्त सजाय भुक्तान गरी बिहीबार छुटेका छन् ।

राजधानीमा श्रीमतीको हत्यापछि गाडीमा राखेर मकवानपुर लगि जलाएका उनी दोषी ठहर भएका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको सर्वस्वसहितको जन्मकैद सजाय घटाएको हो।

२०६८ साल माघमा उनले श्रीमती गीताको हत्या गरेका थिए। काठमाडौँ जिल्ला अदालतले २०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

सो फैसला तत्कालीन पुनरावेदन अदालत पाटनले २०७२ मंसिर २३ मा सदर गरेको थियो । तर प्रधानन्यायाधीशसहितको इजलासले जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला असार १५ गते घटाएर ८ बर्ष ६ महिनामा झारेको हो।

कारागारबाट प्रेमिकाको गाडीमा फर्किए पूर्वडिआइजी कोइराला

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्