Logo
२१ कार्तिक २०८१, बुधबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमजोर ब्यवस्थापन : कोरोनाबाट भन्दा बाढीपहिरोबाट दोब्बर बढीको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ४२ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश दीर्घरोगी र बढी उमेर समुहका छन् । तर, यस वर्ष कोरोना भाइरसबाट भन्दा बाढी पहिरोबाट दोब्बरभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयको आजसम्मको तथ्यांक हेर्दा ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जुन बाढी पहिरोबाट मृत्यु हुने संख्या भन्दा आधाभन्दा कम हो ।

गृह मन्त्रालयका अनुसार ३० जेठमा मनसुन शुरु भएयता एक सय १४ जनाको बाढी पहिरोबाट मृत्यु भएको छ । ४८ जना वेपत्ता छन् ।

वैशाख देखि गणना गर्ने हो भने बाढी पहिरोबाट एक सय १९ जनाको मृत्यु भइसकेको छ । ४९ जना वेपत्ता छन् ।

मानवीय क्षतिका दृष्टिले कोरोनाभन्दा बाढीपहिरोबाट बढी क्षति भएको छ । तर, कोरोना रोथामका लागि झण्डै चार महिना लकडाउन गर्दा खरबौं नोक्शान भएको छ ।

लकडाउनलाई कतिपयले उपयोगी नभएको भनेका छन् । नेपाली काँग्रेसले लकडाउनको उपलब्धि सुन्य भनेको छ ।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्