Logo
५ आश्विन २०८१, शनिबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा आजदेखि मापसे चेकिङ हुने

आजदेखि उपत्यकामा मादक पदार्थ सेवन(मापसे) चेकिङ हुने भएको छ ।

मंगलबार सरकारका प्रवक्ता युवराज खतिवडाले लकडाउन खुलेको घोषणा गरेसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

‘हामीले बुधबारदेखि कडाइका साथ मापसे चेक गर्न लागेका छौं,’उनले भने,’मापसे गर्ने क्षेत्रमा निगरानी बढाउँछौं र मापसे गरी चलाएको भेटिएमा कारबाही गर्छौं।’

त्यस्तै, मापसेको गरे/नगरेको जाँच्न भने अहिलेलाई मेसिनको प्रयोग नगर्ने उनले बताए।

‘चलाउने तरिकालाई हेरी, सर्वसाधारणबाट सूचना लिई, बोली/वचन हेरी मापसे गरे/नगरेको थाहा पाउन सकिन्छ,’उनले भने,’शंका लागेमा हामीले गाडीमा हालेर अस्पताल लगेर पनि जाँच्न लगाउँछौं।’

उनका अनुसार उपत्यकाका विभिन्न स्थानमा रातिको समयमा ३९ स्थानमा ‘चेक पोइन्ट’ राखिनेछ।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्