थप १०० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
काठमाडौं : थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमितहरु थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । यसै गरी कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ ।
बुधबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।