Logo
५ आश्विन २०८१, शनिबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा कोरोनाको जोखिम बढ्यो, प्रशासनद्धारा लकडाउनमा थप कडाइ

संघीय सरकारले मध्यरातिदेखि लकडाउन हटाएपनि देशका विभिन्न भेगमा लकडाउनमा थप कडाइ गरिएको छ ।

सप्तरीको राजविराजमा समुदायमा कोरोना फैलिएपछि लकडाउन कडा गरिएको छ ।

सरकारले ४ महिनादेखि गरेको लकडाउन अन्त्य गरेकै दिन बुधबारदेखि राजविराज नगरपालिकाले लकडाउन कडा गर्ने निर्णय गरेको हो ।

राजविराज– ६ स्थित घरमै कोसी ग्यास र खाद्य बिज भण्डारको पसल रहेका ७३ वर्षीय कोरोना संक्रमित व्यापारीको मृत्यु भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दै जाँदा थप २ जनामा कोरोना पुष्टि भएपछि लकडाउन कडा गर्न चौतर्फी दबाब बढेकाले नगरपालिकाले लकडाउनकाे पूर्ण पालना गर्ने, गराउने निर्णय गरेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

हालसम्म मृतकको परिवारका पाँच सदस्य, पसलमा काम गर्ने ५५ वर्षीय कामदार, छिमेकी ५३ र ४८ वर्षीय दम्पती, मृतकको स्वामित्वको सफटेक कलेजका व्यवस्थापक ३७ वर्षीय पुरुष, अस्पतालको पोषण गृहमा कार्यरत उनकी श्रीमती ३२ वर्षीया नर्स, उनीहरूको घरमा काम गर्न जाने अस्पतालकी स्वीपर ३६ वर्षीया महिला गरी ११ जनामा कोरोना संक्रमण देखा परिसकेको छ ।

बुधबार क्वारेन्टाइनमा बसेका अन्य १२ जनामा समेत कोरोना देखिएको छ ।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्