Logo
५ आश्विन २०८१, शनिबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘म नै सर्वेसर्वा हुँ’ भन्ने प्रवृत्तिविरुद्ध उभिन नेता नेपालको अपिल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिन अपिल गरेका छन् ।

४२औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा प्रेस वक्तव्य जारी गर्दै नेता नेपालले व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरू देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुने बताएका हुन् ।

‘अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौँ । आज पनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरू देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ’, पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भनेका छन् ।

पुष्पलालले स्थापना गरेका पदचिन्हहरूमा दृढतापूर्वक हिँड्न सकेकै कारण आफूहरुले नेपालमा ऐतिहासिक परिवर्तनहरू गर्न सकेका उनले उल्लेख गरेका छन् ।

कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरूबाट जोगाउँदै पुष्पलालले स्थापित गरेका मानकहरू सधैँ मार्गदर्शनका रुपमा रहने उनले बताएका छन् ।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्