Logo
२१ कार्तिक २०८१, बुधबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

सांकेतिक तस्बिर

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

सात दिन अगाडी मात्रै कोरोना पुष्टि भएका महोत्तरीका ६० वर्षीय शशि भुषण झाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरसको उपचार गराउँदै मंगलबार राति अस्पतालको आइसोलेसनमा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय नेपालमा पनि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढीरहेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ।

पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको मृतकको शव अहिले अस्पतालमै रहेको र शव व्यवस्थापन र दाहसंस्कारका लागि आवश्यक तयारी भइरहेको समेत स्रोतको भनाई छ ।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्