Logo
५ आश्विन २०८१, शनिबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको महाधिवेसन मंसिरमा गर्न असम्भव हुने पूर्वमाओवादी पक्षधरको निष्कर्श

नेकपाको महाधिवेसन मंसिरमा गर्न असम्भव रहेको पूर्वमाओवादी पक्षधरहरुले निष्कर्श निकालेका छन् ।

पछिल्ला दिनमा नेकपा भित्र विवाद चर्किदै गएको बेला नेकपा भित्रका पूर्वमाओवादी पक्षधरका बहुमत सदस्यहरुले ओलीले तत्काल सत्ता छाड्नुपर्ने निष्कर्शमा पुग्दै महाधिवेशनको बाहाना बनाउन नहुने बताएका हुन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता समेत रहेका पूर्वमाओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ‘प्रकाश’ले पार्टीको एकीकृत महाधिवेसन मंसिरमा सम्भव नहुने भन्दै फेसबुकमै लेखेका छन् । श्रेष्ठले महाधिवेसनलाई प्राविधिक विषयमात्रै बनाउन नहुने बताएका छन् ।

वैचारिक कार्यभारलाई केन्द्रमा राखी सांगठनिक कार्यभारसमेत पुरा गरेरमात्रै महाधिवेसन तयारीमा लाग्नुपर्ने श्रेष्ठले बताए । ‘हाम्रो पार्टीमा अहिले एकता महाधिवेशन गर्ने चर्चा सुरु भएको छ । यो राम्रो र खुसीको कुरा हो ।

किनकि पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न आवश्यक तयारी पुरा गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गर्नै पर्छ ’ श्रेष्ठले लेखेका छन्, ‘तर,महाधिवेशनलाई प्राविधिक विषयमात्र बनाउनु हुँदैन ।

वैचारिक कार्यभारलाई केन्द्रमा राखी सांगठनिक कार्यभारसमेत पुरा गर्ने गरी महाधिवेशनको तयारी गरौं । यसो गर्दा आगामी मंसिरमा नै महाधिवेशन आयोजना गर्न सम्भव देखिन्न । त्यसैले हतपत र ढिलाइ दुवै गलत हुन्छन् ।’

उनले भनेका छन्, ‘गत केन्द्रीय कमिटीको यससम्बन्धी निर्णयलाई ध्यान दिँदै उपयुक्त समय निर्धारित गरी महाधिवेशनको तयारीमा अघि बढौं, महाधिवेशनलाई एकता र वैचारिक संश्लेषण एवं विकासको महाधिवेशन बनाऔं ।’

प्रचण्ड निवास खुमलटारमा पछिल्ला दिनहरुमा बसेको बैठकहरुले पनि मंसिरमा महाधिवेशन गर्नेबाहानामा ओलीलाई सत्तामा टिकाइरहन नहुने निष्कर्शमा पुगेसँगै श्रेष्ठको उक्त अभिव्यक्ती बाहिर आएको हुनसक्ने धेरैको अनुमान छ ।

 

प्रकाशित मिति: Jul 21, 2020

प्रतिक्रिया दिनुहोस्