Logo
५ आश्विन २०८१, शनिबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्खायामसँगै राजधानीका सडकको अवस्था बेहाल ! असारे विकास बाध्यता : सरकार

यतिबेला राजधानीका सडकहरु अस्तव्यस्त बन्न पुगेका छन ।

लकडाउनमा टलक्क टल्कीएका सडकहरु अहिले हिलाम्मे बनेका हुन ।

अनामनगर, मैतिदेवी,डिल्लीबजार, मध्यबानेश्वर, जोरपाटीलगायतका काठमाडौंका विभिन्न भित्री सडकको अवस्था बेहाल बनेको छ ।

चालू बर्षमा समेत नरोकिएको भन्दै संसदीय समितिमा सरकारको चर्को आलोचना भएको छ ।

आर्थिक वर्षको अन्त्यमा जथाभावि रुपमा पूर्वाधारको क्षेत्रमा बजेट खर्च गरिएको भन्दै संसद्को विकास तथा प्रविधी समितिमा सरकारको चर्को आलोचना भयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बशन्तकुमार नेबाङ्लाई सांसद्हरुले ‘असारे विकास’ गर्ने प्रवृत्ति रोक्न सरकारले कडाइ गर्न नसकेको भन्दै आक्रोस पोखे । समितिको बैठकमा उनीहरुले मध्य असारमा विकासका कामहरु गर्नुको कारण समेत माग गरे ।

भौतिक पूर्वाधारमन्त्री नेम्वाङले असारे विकासको प्रवृत्ति रोकिएको बताउँदै ढिलोमा असोज १५ भित्र ठेक्का निकालेर काम सुरु गर्ने संस्कारको विकास गरिएको दाबी गरेका थिए ।

उनका अनुसार बहुवर्षीय ठेक्कामा भने वातावरणीय प्रभाव मूल्यांकन र विस्तृत आयोजना प्रतिवेदन, लगत लगायतको तयारी सकेर दसैँ, तिहार लगायतका चाडपर्व सकेपछि टेण्डर निकाल्नुपर्ने बाध्यता रहेको उनले बताए ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सरकारी झन्झटिलो प्रक्रिया कारण असारमा बिल काटिने गरेको भए पनि काम भने नभएको बताए । उनका अनुसार बजेटको फुकुवा, आइडिए जस्ता विभिन्न कारणले समयमै काम भए पनि भुक्तानीको प्रक्रिया असारसम्म पुग्ने गरेको छ ।

बैठकमा सभापति कल्याणी कुमारी खड्काले विकासे बजेट असारमा सिध्याउनुपर्ने परिपाटी राम्रो नभएको बताउँदै समयमै विकास बजेट खर्च गर्न कुनै बाधा भए फुकाउनुपर्ने बताइन ।

खड्काले विभिन्न विकास निर्माणका काममा ठेकेदारहरूले काम नगरेको र काम नगर्ने ठेकेदारहरूलाई सरकारका निकायहरूले कारबाही गरेमा उनीहरू अदालत जाने र अदालतबाट पनि उनीहरूका पक्षमा आदेश हुने गरेको बताइन । अदालतहरू विकासमैत्री नभएको उनको भनाइ थियो ।

सांसद रंगमती शाहीले असारे विकास नरोकिएका कारण अर्थ मन्त्रालयले असार ३१ गते मध्यरातसम्म काट्नु परेको बताउँदै भौतिक पूर्वाधरमन्त्री नेवाङ्ले राजधानीका सडक केही समय राम्रो बनाएपनि त्यसलाई टिकाइराख्न नसकेको बताइन् । उनले नेपाल भित्रने अलकत्रा (बिटुमीन) लगायतका निर्माण सामाग्री कम गुणस्तरका हुने कारण चाडै सडकहरु बिग्रने बताइन ।

प्रकाशित मिति: Jul 21, 2020

प्रतिक्रिया दिनुहोस्