कोशीको बस्तीमा पस्ने खतरा : ५६ मध्ये ४६ वटा ढोका खोलियो
सप्तकोशीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ ।
सप्तरी र सुनसरीको सिमानामा अवस्थित उक्तकोशीमा पहाडी क्षेत्रबाट बगेर आउने सहायक नदीमा बाढी आएपछि सप्तकोशीमा पानीको वहाव बढेको हो ।
जलस्तर बढेर वस्तीमा पस्ने खतरा भएपछि ढोका ४६ वटा ढोका खोलिएको हो । सप्तकोशीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९९० क्युसेक पुगेको छ ।
ब्यारेज प्रशासनका अनुसार सप्तकोशीमा २ लाख क्युसेक प्रतिसेकेन्डभन्दा पानीको वहाबको स्तर माथि पुगे खतरा मानिन्छ । जिल्ला प्रशासन कार्यालयले सप्तकोशी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।