Logo
२१ कार्तिक २०८१, बुधबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्ने संकेत

चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने भएकाले भोटेकोशीमा बाढीको जोखिम बढेको छ ।  ठूलो पानी परिरहेकाले न्यालममा रहेको पोखरी फुट्न सक्ने जानकारी चिनियाँ अधिकारीले दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

पोखरी फुटेमा भोटेकोशीमा ठूलो बाढी आएर भोटेकोशी गाउँपालिका, बाह्रबीसे नगरपालिकासहित नदी तटीय क्षेत्रमा ठूलो क्षति हुन सक्ने भएकाले सचेत रहन प्रमुख जिल्ला अधिकारी ढकालले आग्रह गरेको छ ।

भोटेकोशी किनारमा रहेका बस्ती तत्कालै सार्ने व्यवस्था मिलाउन पनि जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले आग्रह गरेको छ ।

प्रकाशित मिति: Jul 20, 2020

प्रतिक्रिया दिनुहोस्