Logo
५ आश्विन २०८१, शनिबार
(July 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् बैठक जारी, लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने

मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा नियमित मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

सरकारले पछिल्लो पटक लकडाउनको अवधि साउन ७ गतेका लागि लम्ब्याएकोमा अवधि सकिँदैछ। 

अबको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीका बारेमा निर्णय गर्ने ठानिएको छ। नेपालमा काेराेना राेकथामका लागि गत चैतबाट लकडाउन लागू भएकाे हाे।

यद्यपि असार १ गतेदेखि लकडाउन खुकुलाे भइसकेको छ।

कोभिड १९ संकट व्यवस्थापन समितिले लकडाउनको मोडालिटी तय गरी मन्त्रिपरिषद्मा पेश गरिसकेको छ।

प्रकाशित मिति: Jul 20, 2020

प्रतिक्रिया दिनुहोस्