बाढी र पहिरोका कारण पृथ्वी राजमार्गको पुल भत्कियो, आवतजावत नै ठप्प
भारी वर्षासँगै आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० मा पृथ्वी राजमार्गको सडक भत्किएको छ ।
चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मौवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्याउँदा यातायात आवतजावत नै बन्द भएको छ ।
बेनीघाट रोराङ-१० का वडाध्यक्ष अम्बर गुरुङका अनुसार मौवा खोलाले पुलको छेउपट्टी कटान गरेकोले यातायात अवरुद्ध छ । पहिरोले वडाध्यक्ष गुरुङको ३ वटा घर बगाएको छ भने त्रिशुलीपट्टीका घरहरु जोखिममा परेको छ ।
मौवाखोला नजिकैको ठाडो खोलाले टिपर पनि बगाएको इलाका प्रहरी कार्यालय गजुरीले बताएको छ । अहिले धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार सबैभन्दा ठूलो पहिरो फुर्केखोलामा खसेको छ ।