बाढी र पहिरोका कारण २८ जिल्लामा ११३ को मृत्यु, ४५ जना बेपत्ता
काठमाडौं : यो वर्ष मनसुन सुरु भएदेखि बाढी र पहिरोका कारण २८ जिल्लामा ११३ जनाले ज्यान गुमाएका छन् । त्स्तै बेपत्ता हेनेमा ४५ जना करहेका छन् ।
बेपत्ताको खोजी कार्य जारी राखिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले बताए । उनका अनुसार खोज तथा उद्दारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
त्यस्तै विभिन्न जिल्लामा भएका घटनामा १०३ जना घाइते छन् । प्रहरीका अनुसार हालसम्म मनसुनजन्य विपदबाट सबैभन्दा बढी म्याग्दीमा २८ जनाको मृत्यु भएको छ भने जाजरकोटमा १२, तनहुँमा ११ र कास्कीमा १० जनको मृत्यु भएको छ ।