Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यायाधीश हरिकृष्ण कार्कीद्वारा सरिता गिरीको मुद्धा सुनुवाइ गर्न अस्वीकार

काठमाडौँ :  सरिता गिरीलाई तत्कालीन समाजवादी पार्टीले सांसदबाट निष्काशन गरेको निर्णयविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ आइतबार रोकिएको छ।

आइतबार अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाए पनि रिटमाथिको सुनुवाइ हुन नसकेको सर्वोच्च अदालतले जनाएको छ।

सर्वोच्च स्रोतका अनुसार न्यायाधीश हरिकृष्ण कार्कीले कानुन व्यवसायीका रुपमा काम गर्दा गिरीका पक्षमा बहस पैरवी गरेकाले उनीसँग सम्बन्धित रिट निवेदनको सुनुवाइ गर्न अस्वीकार गरेका हुन्।

न्यायाधीश हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ।आफन्त र चिनजानको व्यक्तिको मुद्दा न्यायाधीशले हेर्न नमिल्ने कानुनी व्यवस्थाका कारण आज सुनुवाइ नभएको हो।

यसअघि असार ३० गते रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आइतबार अन्तरिम आदेशबारे छलफल गर्न मिति तोकेको थियो।

प्रकाशित मिति: Jul 19, 2020

प्रतिक्रिया दिनुहोस्