Logo
५ आश्विन २०८१, शनिबार
(July 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना बम बन्दै काठमाडौंका ‘सडक’, माइक्रोमा यात्रु खचाखच, ट्राफिक रमिते !

आइतबार काठमाडौंमा गुडिरहेका माइक्रोहरु हेर्दा जो कोहीलाई नि लाग्न सक्थ्यो कोरोना बम लिएर गुडिरहेको छन ।

नत्, सामाजिक दुरी कायम छ नत सरकारले भनेको नियम अनुसार माइक्रोहरुले पालना गरेका छन ।

यात्रु खचाखच हालेर माइक्रोहरु कुद्दा समेत कारबाही गर्नुको साटो ट्राफिक रमिते बन्यो ।

सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पञ्‍जासहित मास्क पनि लगाउनुपर्ने, सिटको आधा मात्रै यात्रु चढाउनु पर्ने, सिटको एक लहरमा एकजना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने जस्ता व्यवस्था सरकारले गरेको थियो ।

तर पालना नै भएको छैन ।

न्यून मात्रामा मात्रै सार्वजनिक सवारीसाधन चलेकाले सर्वसाधारण जोखिम मोलेरै भए पनि यात्रा गर्न बाध्य छन् ।

आज बिहान मात्रै रत्नपार्कबाट माइक्रोमा यात्रा गरेका यात्रु सुनिल कार्कीले भने, ‘जोखिम निकै रहेछ ।

पुरानै हिसाबले यात्रु कोचेरै राखिएको पाइयो । एकातिर ५० प्रतिशत बढी भाडा लिने र अर्कोतिर कोचेर यात्रु राख्दा कोरोना जोखिम बढेको छ । यसप्रति को जवाफदेही हुने ?’

धेरैजसो ठाउँमा ट्राफिक रमिते बसेको पाइएको छ । महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेर सञ्चालनमा ल्याएका यात्रुवाहक सार्वजनिक भाडाका सवारीलाई कारबाही गरिने बताउँछन् ।

प्रकाशित मिति: Jul 19, 2020

प्रतिक्रिया दिनुहोस्