Logo
५ आश्विन २०८१, शनिबार
(July 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण साह्रै महँगो, एकै वर्षमा ११ करोड सकियो

उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण साह्रै महँगो हुन थालेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा सरकारले व्यवस्था मिचेर बजेटभन्दा थप ११ करोड खर्च गरेको पाइएको हो ।

विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्चमा रु.६ करोड ८५ लाख बजेट व्यवस्था गरिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार सरकारले व्यवस्था गरिएभन्दा १४८.२० प्रतिशत बढी हुनेगरी १७ करोड रुपैयाँ भ्रमणमा खर्च गरिएको हो ।

यस्तै सरकारले मनोरञ्जन, चियापान, भोज लगायतमा १८.९१ प्रतिशत रकम वृद्धि गरी खर्च गरेको छ ।

खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध खर्चबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतका खर्च बेहोर्ने व्यवस्था छ ।

महालेखा नियन्त्रक कार्यालयबाट पेश भएको आर्थिक विवरणअनुसार विविध खर्चमा रु.१ अर्ब ३२ करोड ८५ लाख बजेट विनियोजन भएको थियो ।

सरकारले यसमा १८.९१ प्रतिशत वृद्धि गरी रु.१ अर्ब ५७ करोड ९७ लाख खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Jul 18, 2020

प्रतिक्रिया दिनुहोस्