Logo
५ आश्विन २०८१, शनिबार
(July 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहमति खोज्न नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बसेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपरान्ह ३:१० बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

स्थायी समिति बैठक स्थगित गरेर नेकपाले आजका लागि सचिवालय बैठक बोलाएको थियो। स्याथी समितिमा प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने विषय उठेपछि लामो समयदेखि विवाद छ। सहमति खोज्न स्थायी समिति बैठक पटकपटक स्थगित गर्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच छलफल भए पनि कुनै सहमतिमा पुगेको थिएन।

प्रकाशित मिति: Jul 18, 2020

प्रतिक्रिया दिनुहोस्