१०१ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज
काठमाडौं : शुक्रबार १०१ जनामा कोरोना संक्रमण भएको छ भने २ सय ८५ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
शुक्रबार ४ हजार ६८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । हाल ५ हजार ८७१ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टिनमा २२ हजार ७ सय ५६ जना रहेका छन् ।