कोभिडका कारण बैंकका सीईओहरुको तलब घट्ने, बोर्ड भत्तामा समेत सीमा
कोभिड-१९ का कारण बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब भत्तामा पुनरावलोकन हुने भएको छ।
नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब र भत्तामा पुनरावलोकन हुने उल्लेख गरेको छ।
‘कोभिड-१९का कारण बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलबमा पुनरावलोकन हुनेछ’ गभर्नर महाप्रसाद अधिकारीले भने। बैंक तथा वित्तिय संस्थाको बोर्ड भत्तामा समेत कटौती गर्ने मौद्रिक नीतिमा छ।