Logo
५ आश्विन २०८१, शनिबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उच्च पदस्थ व्यक्तिको उपचारमा एक वर्षमा ९ करोड सकियो

सरकारले भीआईपीहरूको उपचारमा मात्रै गत आर्थिक वर्ष २०७५/०७६ मा ९ करोड ८० लाख ८८ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

मुलुकभरीका १ सय ७४ नागरिकलाई उपचारका लागि भन्दै सरकारले ५० हजारदेखि ३० लाखसम्म वितरण गरेको पाइएको हो ।

महालेखा परीक्षकको ५७ औं प्रतिवेदन अनुसार सरकारले विभिन्न घटनामा उपचारबापत रु. ३३ लाख ७ हजार र संस्थागत अनुदान रु.२ करोड ९१ लाख समेत कुल रु.१३ करोड ४ लाख ९५ हजार वितरण गरेको छ ।

यस्तै सरकारले समाजिक र राष्ट्रिय जीवनमा योगदान पुर्‍याएका व्यक्तिका लागि बढीमा रु.७ लाखसम्म आर्थिक सहायता दिन सकिने व्यवस्था भएकोमा सीमा नघाई एकै व्यक्तिलाई रु.३० लाखसम्म आर्थिक सहायता प्रदान गरेको पाइएको छ ।

यस्तै सहायता माग गर्दा निवेदन, चिकित्सकको प्रेस्क्रिप्सन, उपचार सहायता समितिको सिफारिसजस्ता कागजात संलग्न नगरिएको पाइएको महालेखाले जनाएको छ ।

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्