गाउँपालिका अध्यक्ष माथि स्थानीयको आक्रमण, कार्यालयमै खुकुरी प्रहार
मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की माथि कार्यालयमै खुकुरी प्रहार भएको छ । शुक्रबार स्थानीय भवन ठकुरीले खुकुरी प्रहार गरी अध्यक्ष कार्कीलाई गम्भिर घाइते बनाएको प्रहरी चौकी केराबारीका प्रहरी नायव निरिक्षक दिपक बरालले जानकारी दिए ।
आर्थिक बर्ष २०७६र७७ असार मसान्त सम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरीले साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि कार्की माथि आक्रमण गरिएको हो । घाईते अध्यक्षलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको छ ।