Logo
५ आश्विन २०८१, शनिबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाद मत्थर नहुने देखिएपछि नेकपा स्थायी कमिटी बैठक आइतबारसम्मका लागि सारियो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि सारिएको छ।

असार २६ मा एक साता स्थगित गर्दै शुक्रबार बिहान ११ बजेको लागि तय गरिएको थियाे। ११ बजे बैठक बस्न नसकेपछि दिउँसो ३ बजेका लागि सारिएकाे थियाे। ३ बजेकाे पनि बैठक स्थगित गर्दै आइतबार दिउँसाे ३ बजेलाई नयाँ मिति तय गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति खोज्नका लागि बालुवाटारमा बैठक बसेको थियो। दुई अध्यक्षबीचमा मतान्तर कायमै रहेपछि बैठक सारिएको हाे।

यसअघि स्थायी कमिटीको बैठक ६ पटक सारिएको थियो।

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्