Logo
५ आश्विन २०८१, शनिबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजमार्गहरु सुधारका लागि विश्व बैंकले ५४ अर्ब ऋण सहयोग गर्ने

नेपालले विश्व बैंकसँग अहिलेसम्मकै ठूलो ऋण सम्झौतामा हस्ताक्षर गरेको छ।

विश्व बैंकले रणनीतिक सडक सञ्जाल सुधार र व्यापार सहजीकरण आयोजनाका लागि ५४ अर्ब रुपैयाँ (४५० मिलियन अमेरिकी डलर) दिने सम्झौतामा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैकका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन्।

यो आयोजना विश्व बैंक र नेपालबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना हो।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले यी आयोजना कार्यान्वयनबाट नेपालको आर्थिक वृद्धिमा सहयोग पुग्ने बताए। खतिवडाले पूर्व-पश्चिम राजमार्ग नेपालको ‘लाइफ लनइन’ भएको भन्दै त्यसको विस्तार सरकारको प्राथमिकताको विषय भएको उल्लेख गरे। खतिवडाले कार्यक्षमता विस्तार गरी लक्ष्यअनुसार उपलब्धि हासिल गर्दै जाने पनि बताए। व्यापार सहजीकरण र क्षेत्रीय सडक सञ्जाल विस्तार सरकारको सधैंको प्राथमिकता हुने गरेको भन्दै खतिवडाले सडक सुरक्षालाई पनि सँगसँगै ध्यान दिइनुपर्ने उल्लेख गरे।

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्