साउन लागेसँगै सेयरबजारमा हरियाली, अर्ब बढीको कारोबार
नेप्से सूचक बिहीबार ३२.७७ अंकले बढेर १३९४.७७ विन्दुमा आइपुगेको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा चमक देखिएको छ । आज १८० कम्पनीको १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
२९ लाख १४ हजार ५१८ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका सबै समूहका उपसूचकहरु बढेका छन् । विशेषगरी वाणिज्य बैंक र विकास बैंक समूहको सूचक चम्किंदा समग्र बजारमा रौनक देखिएको हो ।