Logo
५ आश्विन २०८१, शनिबार
(July 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेश पढ्न जान चाहने विद्यार्थीले अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र पाउने

विदेश पढ्न जान चाहने विद्यार्थीले अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइनबाटै आवेदन दिने र एनओसी प्राप्त गर्ने व्यवस्था गरेको हो । यसअघि मन्त्रालयको केशरमहलस्थित वैदेशिक अनुमति शाखामा पुगेर आवेदन दिनुपर्ने व्यवस्था थियो । कोरोना संक्रमण र लकडाउनका कारण एनओसी दिन रोक लगाइएको थियो । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई अनुमति दिने निर्णय गरेपछि मन्त्रालयले अनलाइन आवेदन दिने व्यवस्था गरेको हो ।

एनओसी लिन चाहने विद्यार्थीले मन्त्रालयको तोकेको वेबसाइट मार्फत आवेदन दिन सक्ने सहप्रवक्ता दिव्या दवाडीले बताइन् । उनका अनुसार आवेदन स्वीकृत भए नभएको बारे पनि विद्यार्थीलाई अनलाइनबाटै जानकारी दिइने छ ।

प्रकाशित मिति: Jul 16, 2020

प्रतिक्रिया दिनुहोस्