बिना निष्कर्ष टुंगियो नेकपाका शीर्ष नेताहरुको छलफल, भोलिको बैठक नरोकिने
काठमाडौं : नेकपाका शीर्ष नेताहरुको छलफल बिना निष्कर्ष टुंगिएको छ । छलफल बिना निष्कर्ष टुंगिए पनि शुक्रबारलाई निर्धारित स्थायी कमिटी बैठक भने नरोक्ने भएको छ ।
करीव तीन घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरुबीच भएको छलफलमा मुख्य विषयमा सहमति भएन । छलफल सकारात्मक रहेको र शुक्रबारको बैठक नरोकिने वार्तामा सहभागी महासचिव विष्णु पौडेलले बताए । सो छलफलमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।
दुई अध्यक्षबीचको चरणबद्ध छलफल निष्कर्षमा पुग्न नसकेपछि आज माधव नेपालसहित वार्ता भएको हो । प्रचण्ड र माधव नेपाल दुवैजनाले प्रधानमन्त्रीलाई राजिनामा दिन आग्रह गरेका छन् भने ओलीले राजिनामा नदिन अडान कायमै राखेका छन् । त्यसैले तीन नेता सहितको छलफल सहमतिबिना टुंगिएको हो ।