ओली, दाहाल र नेपालबीचको वार्ता आज पनि निष्कर्षहीन, आ-आफ्नो अडानमा कायमै
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी भित्रको शक्ति संघर्ष टुंग्याउनका लागि शीर्ष नेताबिच लगातार वर्ता भए पनि निकास निश्किएको छैन ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच वार्ता हुँदै आएकोमा बिहीबार बालुवाटारमा दुई अध्यक्ष र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबिच वार्ता भएको हो । ओली तथा प्रचण्ड-नेपाल पक्ष आ-आफ्नो अडानमा कायम छन् ।
छलफलमा प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिएर समस्या समाधान गर्न भनेको स्रोतले जनाएको छ । शीर्ष नेता तहमा सहमति जुटाउनका लागि समय दिने भन्दै स्थगित गरिएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । तर अझैसम्म पनि सहमतिको संकेत देखिएको छैन ।