Logo
५ आश्विन २०८१, शनिबार
(July 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा संचालित पठाओ, टुटल अवैधानिक !

उपत्यकामा संचालित पठाओ र टुटल अवैधानिक ठहरिएको छ ।

नोभेटिभ बिजनेश भन्दै सञ्चालनमा रहेका टुटल र पठाओको सेवामाथि महालेखापरीक्षकको कार्यालयले अवैध ठहरेको हो ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७औं प्रतिवेदनमा यातायात व्यवस्था विभागमा पञ्जिकृत भई सञ्चालन गर्नुपर्ने यस्ता सेवा पञ्जिकृत नभएको उल्लेख छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९३ मा यातायात सेवाको नाम विभागमा पञ्जिकृत नगरी सार्वजनिक सवारी यातायात सेवा सञ्चालन नहुने व्यवस्था छ। ‘हाल उपत्यकामा सञ्चालन भइरहेका पठाओ र टुटलजस्ता यातायात सेवा विभागमा पञ्जिकृत नगरी सञ्चालन भएको देखियो’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘यस्ता सवारीसाधन पञ्जिकृत गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्दछ।’

यातायात व्यवस्था विभागले पटक पटक सूचना जारी गर्दै एप्लिकेशन मार्फत भाडा लिएर यात्रु बोक्ने मोटरसाइकल चलाउन रोक लगाउन खोजेको थियो। तर प्रधामन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा टुटल पठाओ चल्दै आएका छन्।

प्रकाशित मिति: Jul 16, 2020

प्रतिक्रिया दिनुहोस्