Logo
२७ पुस २०८१, शनिबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भगवान रामको जन्मस्थल भारतमै रहेको भन्दै प्रधानमन्त्री ओली विरुद्ध जनकपुरमा प्रदर्शन

भानु जयन्तीका दिन आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल भारतको अयोध्या नभइ ठोरीमा अयोध्यामा रहेको भनि दिएको अभिव्यक्ति विरुद्धमा जनकपुरमा प्रदर्शन भएको छ ।

विश्व हिन्दु परिषदको व्यानरमा युवा तथा साधुशन्तले प्रदेश २ स्थित राजधानी जनकपुरमा मंगलबार बिहान प्रदर्शन गरेका हुन् । जनकपुरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकचौकमा पुगेर जुलुस कोणसभामा परिणत भएको थियो ।

कोणसभमा बोल्दै साधुशन्तले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले विश्वका करोडौं हिन्दु धर्माबलम्बीको आस्थामाथि बज्र प्रहार भएको जिकिर गरे ।

उक्त अभिव्यक्तिले नेपाल र भारतबिचको सदियौंको रोटीबेटिको सम्बन्धमा खलल पुग्ने भएकाले अभिलम्ब अभिव्यक्ति फिर्ता लिन प्रधानमन्त्रीसंग उनीहरुले माग गरेका छन् ।

यता साधुशन्तको संगठन रामानन्दीय वैष्णव संघका महासचिव नवलकिशोर शरणले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सनातन हिन्दु धर्मग्रन्थ र हिन्दुधर्माबलम्बीको आस्थामा ठेस पुगेको ठहर गरेको छ ।

प्रधानमन्त्रीले अभिलम्ब उक्त अभिव्यक्ति फिर्ता नलिए कडा संघर्षमा हिन्दु समाज आन्दोलनमा जाने र त्यसबाट हुने क्षतिको सम्पूर्ण जिम्मेबार सरकार हुने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्